सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब आज एपिएफबिरुद्ध खेल्दै


पोखरा । थ्रीस्टार क्लबमाथि २–१ को रोमान्चक जित निकाल्दै सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता पक्का गरेको सिएमजी संकटा क्लब आज एपिएफबिरुद्ध खेल्दैछ । दशौं जितको खोजीमा संकटा लिगको अन्तिम खेलमा एपिएफबिरुद्ध खेल्न लागेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेल आज दिउँसो साढे २ बजे सुरु हुनेछ । संकटा दशौं जितको खोजीमा रहँदा एपिएफ लिगमा सातौं जित निकाल्ने लक्ष्यमा छ ।

विदेशी र युवा खेलाडी सम्मिलित संकटाबिरुद्ध जित निकाल्न एपिएफलाई त्यति सहज भने छैन । तर पछिल्लो खेलमा जित निकाल्न सफल एपिएफ संकटाको विजय यात्रामा बाधक बन्न सक्छ । दुबै टोली लिगमा सुखद अन्त्य गर्ने रणनीतिमा छन् ।

एक खेलअगावै संकटाले उपविजेता पक्का गरिसकेको छ । पाँचौं स्थान पक्का गरिसकेको एपिएफ जित निकाल्दै अंक बढाउन चाहन्छ । थ्री स्टारमाथि जित निकाल्दै उपबिजेता पक्का गरेको संकटाले बिग्रेड ब्वाइज क्लबसँग १–१ को बराबरी खेलेको थियो भने मनाङ मस्र्याङदीसँग ३–१ र त्रिभुवन आर्मीसँग ५–१ को हार ब्यहोरेको थियो ।

बाँकी खेलमा जित निकालेको संकटा अंकतालिकामा २८ अंक छ । एपिएफले हिमालयन शेर्पाबिरुद्ध गोलरहित बराबरी र च्यासल युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो । २० अंकसहित एपिएफ पाँचौ स्थानमा छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment