अमरगढीस्थित बागबजारमा भीषण आगलागीबाट ९ वटा पसल जले


पोखरा । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारमा गएराति भिषण आगलागीबाट ९ वटा पसल जलेर नष्ट भएको छ ।यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।

गएराति लागेको आगो अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यसैबीच आगलागीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिरहेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । उनका बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment