कमलपोखरी जुनीयर क्लवको दोस्रो सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

पोखरा, १७ चैत ।
कमलपोखरी जुनीयर क्लव पोखरा १३ कमलपोखरी को आयोजनामा दोस्रो सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । चैत २६ गते देखि ३० गतेसम्म स्थानिय माछापोखरी फुटवल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ४२ हजार २ सय २२ रुपैया, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुने टिमले २२ हजार २ सय २२ रुपैया सहित सिल्ड , मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका वेस्ट किपर, बेस्ट प्लेयर, म्यान अफ दि म्याच, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट हाइस्कोरर लाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समुहले चैत्र २० गते देखि २४ गतेसम्म आफ्नो टिम दर्ता गराउन सक्नेछन् ।