भ्रष्टाचार अन्त्य गर्नु आवश्यक ः मन्त्री गुरुङ

पोखरा ।

कास्कीमा भ्रष्टाचारको अन्त्य गर्नु आवश्यक रहेको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको शुक्रबार भएको १२ वार्षिक साधारण सभा तथा आठौं अधिवेशनको औपचारिक कार्यक्रममा मन्त्री गुरुङले यस्तो कुरा बताएका हुन् ।

उनले भने– ‘कास्कीमा भ्रष्टाचार मौलाईरहेको छ, यसलाई निर्मुल पार्नुपर्छ । यसको अन्त्य गर्न तपाँई हामी सबै मिलेर अगाडी बढ्नु पर्छ । स्थानिय निकाय, प्रदेश सरकारले चाहेर मात्र केही हुदैन यसमा आम नागरिकको साथ चाहिन्छ ।’ सबै पक्ष सचेत र जिम्मेवार भएमात्र अनुशासित समाजको निर्माण गर्न सकिने मन्त्री गुरुङले बताए । क्यान कास्कीलाई लक्षित गर्दै उनले भने– ‘सुचना प्रविधिको ज्ञान र क्षमता तपाईहरुसँग छ, सरकारसँग आउनुहोस् सहकार्य गरौं । सुचना प्रविधिले कास्कीमा बढ्दै गएको भ्रष्टाचार अन्त्य गराउन मद्दत गर्न सक्छ ।’ कुरामात्र गरेर नहुने बताउँदै मन्त्री गुरुङले काम गरेर देखाउनुपर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले अहिलेको युग भनेको सुचना प्रविधिको भएकाले त्यसै अनुरुप हामी चल्नुपर्ने बताए । कास्कीका जनता सचेत भएका र महानगरपालिका सधै जनताको सहकार्य हिड्न तयार रहेको बताए । त्यस्तै पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष दामु अधिकारीले कास्कीमा भ्रस्टाचार अन्त्य गर्नुपर्ने र पोखराको फुटपात व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । सुचना प्रविधिको पहुच सबै समक्ष पु¥याउनुपर्ने बताउँदै क्यान कास्कीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सचिव जगन बहादुर गुरुङले स्थानिय निकाय तथा प्रदेश सरकारसँग सहकार्य गरि अगाडी बढ्न क्यान तयार रहेको बताए ।

क्यान कास्कीले गरेका गतिविधि सुनाउँदै राम्रो कार्य गर्नेलाई क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले सम्मानित गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष रुक्मांगत भण्डारीले गरेका थिएभने संचालन सचिव विकास भुर्तेलले गरेका थिए ।