पोखराको चिप्लेढुङ्गगामा शनिबार निशुल्क फिजियोथेरापि शिबिर सञ्चालन हुदै !

पोखरा ।

पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ यहि भाद्र २१ गते शनिबार विश्व फिजियोथेरापि दिबसको अवसरमा नेपाल फिजियोथेरापि संध गण्डकी प्रदेश शाखाको आयोजनामा पोखराको चिप्लेढुङ्गगा मा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म निशुल्क एक दिने प्यारालाईसिस नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापि शिबिर सञ्चालन हुने लागेको सस्थाका सचिब शिव तिवारीले बताउनु भएको छ ।

बिशेष गरी उपचारको पहुचबाट टाढा रहेका प्यारालाइसिस भएका मुख बाङगिएका बालबालीकको शारीरीक बिकास ढिलो भएकानशा च्यापीएका ढाड दुख्ने हडडी खिइएको बाथ युरिक एसिड सायाटिक जस्ता बिरामीहरुको सफल उपचार प्रदान गरिएको आयोजकले जनाएको छ ।