महानगरमै भएर पनि सडक र स्वास्थ्यमा घार्मी पछाडी प¥र्याे– मन्त्री वि.क

पोखरा ।

पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा स्वास्थ्य चौकी भवनको निर्माण हुने भएको छ ।

संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुने लामाचौर स्वास्थ्य चौकी भवनको आज एक कार्यक्रमका विच युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास गर्नुभयो । शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री वि.कले वर्तमान सरकारले विकास निर्माण र देशको समृद्घिलाई प्रमुख लक्ष्य वनाएको वताउँदै जनताका समस्याप्रति सरकार गम्भीर रहेको वताउनुभयो ।अझै पनि ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा सहज नभएको उल्लेख गर्दै मन्त्री वि.कले भन्नुभयो–“महानगरभित्रै भएर पनि घार्मी सडक, शिक्षा, खानेपानी र स्वास्थ्य सेवामा पछाडी परेको छ।”उहाँले यहाँका समस्याप्रति आफु जानकार रहेको वताउँदै, समस्यालाई प्राथामिकताका साथ समाधान गर्न तर्फ लागिपर्ने वताउनुभयो ।

गण्डकी प्रदेशका सांसद रामजी वरालले स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भएको वताउदै यसलाई समयानुकुल वनाउनु पर्नेमा जोड दिनुभयो । पोखरा १९का वडाध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेल, नेकपा वडा कमिटीका अध्यक्ष विष्णु गौतम, काग्रेस वडा सभापति महेश्वर पौडेल, समाजसेवी डिल्लीराम पौडेल, स्वास्थ्य स्वयंसेविका दुर्गा वस्नेत, व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, स्वास्थ्य चौकीका ईन्चार्ज दीपेन्द्र सुनार लगायतले भवन निर्माण पछि स्वास्थ्य सेवालाई सहज रुपमा विस्तार गर्न सकिने वताएका थिए ।उक्त अवसरमा मन्त्री वि.क र वडाध्यक्ष पौडेलले समयमै भवन सम्पन्न गरी छिट्टो सेवा संचालन गर्न सुझाव दिनुभयो ।

करिव २ करोड रुपँैयाको लागतमा निर्माण हुने १२ कोठे भवनको आगामी भदौं मसान्तसम्म निर्माण सम्पन्न हुने ठेकेदार कम्पनी डा«गन कन्स्ट्रक्सनले जनाएको छ ।पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण हुने भएपछि हर्षित भएका छन् ।