पुरानो टुडिखेलमा हुने वाई वाई तिज मेला आजदेखी

पोखरा ।

“हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा आज बुधवारदेखी “वाईवाई तीजमेला–२०७६” सुरु हुदैछ ।

इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा हुन मेलाको सम्पुर्ण तयारी समेत सकिएको आयोजकले जानकारी दिएका छन् । १७ भदौसम्म चल्नेमेलाको आज बुधवार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले उद्घाटन गर्ने छन् ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारि आयोजनागर्न लागिएको मेलाउद्घाटन हुनु पुर्व विभिन्न जात जाती, आमा समुह, संघ संस्था लगायतको सहभागितामा पुरानो टुडिखेलवाट र्याली सुरु हुनेछ । र्याली सिम्पानी चोक, माछापुच्छ्रे बैक चोक, पृथ्वीनारायण क्यापस गेट, बगर, बागवजार हुदै पुनः टुडिखेलमा आएर सम्पन्न हुनेछ । र्यालीमा सहभागीहरुलाई उत्कृष्ट झाकी, भेषभुषा, सहभागिता सगै अनुशासीत टोलीलाई आकर्षक पुरस्कार समेत दिईने छ ।

मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै रेष्टुरेन्ट लगायतका गरि ६२ वटा स्टलहरु रहने इन्द्रेणीका अध्यक्ष एंव मेलाका सह संयोजक भानुभक्त अधिकारीले जानकारी दिए । मेला स्थलमा वाल उद्यान समेत राखिएको छ ।

प्रबेश निशुल्क रहेको मेलामा १२ गतेदेखी खुल्ला मौलिक तीजगीत प्रतियोगिताहुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार, सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउने ईन्दे्रणीका महासचिव चन्द्रराज श्रेष्ठले जानकारी दिए ।

यसै गरि १४, १५ र १६ गते गृहणी नृत्य प्रतियोगितामा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले १०, द्वितीयले ७, तृतीयले ५ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । १५ भदौमा टपरि गास्ने प्रतियोगिता हुने र प्रथमले ७, द्वितीयले ५ र तृतीयले ३ हजार पुरस्कार पाउनेछन् ।

त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा १४ भदौमा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउने समेत अधिकारीले जानकारी दिए ।

ऐतिहासिक महत्व वोकेको पुरानो टुखिेलको संरक्षण सैग सरोकारवाला निकायलाई यस्को संरक्षणको लागि दवाव दिने सगै ईन्द्रेणीले संचालन गदै आएको फुटवल एकेडेमीको लागि सहयोग जुटाउने उदेश्यले समेत मेला आयोजना गरिएका ईन्देणीका उपाध्यक्ष गेहेन्द्रमान श्रेष्ठ मोहनले जानकारी दिए । एकेडेमीका संयोजक समेत रहेका श्रेष्ठका अनुसार एकेडेमीमा हाल ५० जना वालकहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिदै आएको श्रेष्ठको भनाई छ । मेलावाट बचत भएको रकम एकेडेमी संचालनका लागि खर्च गरिने ईन्देणीका कोषाध्यष नारायण प्रसाद आर्चायले जानकारी दिए ।