निडर पत्रकार गिरीको जित,को हुन गिरी?

पोखरा ।

पत्रकारिता अर्थात आवाजविहीनहरुको आवाज । तर पत्रकारितामा आवाजविहीनहरुको आवाज ल्याउने पत्रकार औंलामा गन्न पुग्नेमात्रै छन् । निर्धाहरुको आवाज, दबाइएको आवाज र डर, दबाब अनि धम्कीहरुबाट पीडितहरुको आवाजलाई समाचार बनाउने थोरै र दुर्लभ पत्रकारमध्येका एक हुन् अर्जुन गिरी ।

समाचारबारे पत्रकारितामा एउटा भनाइ छ, समाचार त्यो सूचना हो जो कसैको स्वार्थमा लुकाइन्छ, अरु त विज्ञापन हुन् । हो, त्यस्तै कसैको स्वार्थमा लुकाइएका सूचना खोतल्ने निर्भीक पत्रकार हुन् अर्जुन गिरी ।

पछिल्लो समय जग्गा कारोबारमा पोखराका चर्चित व्यवसायीबाट ठगिएका २ जनाको आवाजलाई समाचार बनाए स्वरुप पत्रकार अर्जुन गिरीमाथि ठगीका आरोपित व्यवसायीले साइबर क्राइमको मुद्दा लगाएका थिए । त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए । त्यही मुद्दाको छिनोफानो काठमाडौं जिल्ला अदालतले भदौ ८ गते आइतबार आज गरेको छ । न्यायधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

यसबीचमा धेरैपटक तारेख धान्न काठमाडौं धाइरहे । अरु पनि मुद्दामामलाको जालोले सताइरह्यो । तर अर्जुनको कलम रोकिएन । उनी कत्ति बिचलित भएनन् । झन् खरो रुपमा पत्रकारितामा सक्रिय बने ।

पत्रकारिता विषयमा मास्टर गरेका पत्रकार अर्जुन गिरीले विगत एक दशक बढी भयो पत्रकारिता गरेको । सुरुआतदेखि नै अर्जुनको कलम अपराध अनुसन्धान र विकृति विसंगतिका विरुद्ध चल्दै आयो । हक्की तथा निडर स्वभावका गिरीले पोखरामा भएको गुण्डागर्दीविरुद्ध खरो कलम चलाउँदै आएका छन् । भ्रष्टाचार, अनियमिता र बेथितिविरुद्धका समाचारमा रुचि राख्ने उनको व्यक्तिगत जिन्दगी भने सरल छ । साथीभाइका प्रिय छन्, सहकर्मीबीच मिलनसार छन् । इमान्दार र स्वाभिमानी व्यवहार छ । पत्रकारिताको मूल्य र मान्यतामा नचुक्ने र इमान्दारीपन नछोड्ने कारण कुनै दबाब र डरधम्कीसँग डराउँदैनन् ।
गिरीले कलम चलाएका केही समाचार हेरौं ः
१. रामरुद्र प्राविमा आर्थिक अनियमितता
२०७० सालमा कास्की निर्मालपोखरी गाविस–६ मा रहेको रामरुद्ध प्राविमा विदेशीले दिएको रकम प्रधानाध्यापकबाटनै हिनामिना भएको भनेर पत्रकार अर्जुन गिरीलेनै खुलासा गरेका थिए । सोही विषयमा ४ वटा जति समाचार पत्रकार गिरीले लेखेपछि सम्बन्धित निकायले प्रअमाथि कारबाही प्रक्रिया अघि बढायो । गिरीले घटना फ्लोअप गरेकै कारण ३ वर्षपछि प्रधानध्यापकलाई कारबाही भएको थियो ।
२. प्रहरी प्रमुखले छाडेको छाप
कास्की जिल्ला प्रहरी कार्यालयमा प्रमुखको जिम्मा समालेका कुन–कुन एसपीले राम्रो र नराम्रो काम गरे भनेर विश्लेषण गरेर समाचार लेखेका छन् । २०६५ सालमा कास्की प्रहरी प्रमुख भएका तत्कालिन एसपी सुभाषचन्द्र चौधरीले कास्की बिगारेको देखि लिएर २०७२ सालसम्म आएका ९ जना एसपीको काम कारबाही बारे लेखका थिए ।
३. नेहा हत्या काण्डमा सशक्त कलम चलाए
२०७….मा पोखरामा नेहा भन्ने योरुना पुनको हत्या भयो । त्यस विषयमा गिरीले सबै खालको विषयबस्तु समेटेर कमल चलाए । पीडित पक्ष, आरोपी र स्थानीय । त्यतिमात्र होइन त्यो बेला सामाजिक सञ्जाल र संघसंस्थाले गर्दा कसरी अनुसन्धानमा असर गर्छ भन्ने विषयमा समेत नयाँ शैलीमा कलम चलाए । पछि हत्यामा संलग्नहरु समातिए ।
४. कथित गुण्डा नाइकेको घाट बन्द गराए
पोखरा महानगरपालिका–३३ लामगादीमा रहेको सतीघाट जिल्ला विकास समितिले पहिलो पटक टेन्डर खुलाएको थियो । जिविसको टेन्डर प्रक्रिया अनुसार सतीघाट कथित गुण्डा नाइके राजु गोर्खालीको टिमलाई टेन्डर प¥यो ।घाटबाट बालुवा निकासी गर्ने पहरोनै भत्काउनु पर्ने थियो । जसको कारणबाट त्यहाँ रहेका ७० घरधुरीलाई असर गर्न सक्थ्यो । त्यही गुनासो लिएर त्यहाँका स्थानीय पटक–पटक जिविस आउँदा पनि कुनै सुनुवाइ भएन । स्थानीय बासिन्दाको पक्षमा आवाज उठाइदिने कोही भएन । उनीहरुको आवाज कसैले सुनेनन् । अन्ततः अर्जुन गिरीले त्यसलाई समाचार बनाए ।
घाट ठेक्काको विषयमै लामगादीमै त्यतिमात्र होइन कथित गुण्डा नाइकेयुवराज खतिवडाले केही टोले गुण्डाको प्रयोग गर्दै विरोध गर्ने स्थानीयमाथि हातपात समेत गरे, जुन घटना बाहिर आएन् । त्यही विषयमा पत्रकार गिरीले ‘गिटी बालुवामा गुण्डागर्दी’ शीर्षक राखेर समाचार लेखे । त्यसपछि सम्बन्धी निकायको ध्यान तानियो । उनले जिविसले घाट दिएर जनताको बस्ती मास्ने काम गरेको भन्दै फेरी ‘आँखा बेचेर चश्मा किन्दै जिविस’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरे । उनले सतीघाटको विषयमा ५ वटा लगातार फ्लोअप समाचार लेखेपछि घाटबाट बालुवा झिकिएन। ढुंगागिटी झिकिएन । स्थानीय बासिन्दाको जिन्दगीबाट ठूलो काँडा झिकियो । घाटमा दादागिरी रोकियो । स्थानीयको घरबास जोगियो । स्थानीयले स्याबासी दिए । अर्जुन पत्रकारिता आफ्नो कर्म र धर्म दुवै ठान्छन् । पत्रकारको कर्तव्य थिचोमिचोमा परेका, धनदौलत र बल भएकाहरुबाट हेपिएका, चेपिएकाहरुको आवाज बाहिर ल्याइदिने हो भन्ने अर्जुनको मान्यता छ । त्यही मान्यतामा उनले पोखरा ३३ लामगादीका निरीह जनताको पीडा लेखिदिए । बस, स्थानीयलाई राहत पुग्यो । अर्जुनलाई आफ्नो कलम सार्थक बनेको यहशास भयो ।

५. पोखरामा मजदुरदेखि सेलिबे्रटीसम्मका यौनकर्मी
पोखराका विभिन्न ठाउँमा यौन व्यवसायी हुन्छ भन्ने समाचार सामान्य भइसकेको थियो । पत्रकार गिरीले साढे दुई महिना लगाएर पोखरामा कस्तो प्रकारका यौनकर्मी छन् भन्ने समाचार प्रकाशन गरे । जसमा सामान्य मजदुरदेखि राष्ट्रले चिन्ने सेलिब्रेटीसम्म यौनकर्मी रहेको खुलासा गरे । उक्त समाचारमा यौनकर्मीले दिने सुविधा र लिने शुल्कका आधारमा वर्गिकरण गरिएको छ । गिरीको लेखअनुसार पोखरामा ५ प्रकारका यौनकर्मी पाइन्छ । जसमा रेष्टुरेण्ड गर्ल, कल गर्ल, कजेल गर्ल, होटल गर्ल र सेलिब्रेटी गर्लको बारेमा व्याख्य गरिएको छ ।
६. लेखनाथमा गुण्डागर्दीको विरुद्ध खरो समाचार
२०७३ फागुनअघिसम्म पोखराउपमहानगरपालिका थियो भने लेखनाथ नगरपालिका थियो । दुई छुट्टाछुट्टै नगरपालिकाका विशेषता छुट्टै थिए । लेखनाथ सहर बन्ने क्रममा र लेखनाथभन्दा अगाडि बढिसकेको सहर । सहर हुनुको दुखद पक्ष गुन्डागर्दी पनि बेसी नै थियो । तर पोखरामा २०६५ सालतिर आएका एकजना एसपी रमेश खरेलले पोखराको गुण्डागर्दी विरुद्ध धावा बोले । खरेलले टोले गुण्डाको सातो खाए । कोही भागेर विदेश गए त कोही व्यवसायतिर लागे । २०७० सालमा लेखनाथमा त्यही रोग स¥यो । जग्गा प्लटिङमा गुण्डाराज । कुनै पनि घडेरी किन्दा होस् या घर पर्खाल बनाउँदा होस् त्यहाँका टोले गुण्डालाई कमिसन दिनै पर्ने । यति सम्म कि लेखनाथलाई अफगानिस्तान बनाइदिन्छु भन्दै टोले गुण्डाले सार्वजनिक ठाउँमा बोल्ने गर्थे । त्यसपछि पत्रकार गिरीले पहिलो समाचारै यति खरो लेखे कि प्रहरीको ध्यान त्यहाँ तानियो—जग्गा प्लटिङमा गुन्डाको जगजगी । यो शीर्षक समाचारबाट एसपी हरिबहादुर पालको ध्यानाकृष्ट भयो । उनले धमाधम टोले गुण्डालाई पक्राउ गरेर कारबाही गर्न थाले ।
लेखनाथमा ३ जना व्यवसायीलाई खुकुरी प्रहार गरेर आतंक मच्चाएका अभिषेक सुनारका कर्तुत खोतलेर अर्जुनले समाचार बनाए । त्यहाँको राजनीतिक पार्टीका एक नेताले संरक्षण दिएको हुनाले अभिषेकले खुलेआम आतंक मच्चाएको तथ्य समाचारमा प्रकाशन गरेपछि नेतालाई समेत कास्की प्रहरीले पक्राउ गरेको थियो । मस्ट वान्टेडको रुपमा रहेको अभिषकलाई कास्की प्रहरीले पक्राउ ग¥यो । हाल उनी जेलमै सजाय भुक्तान गर्दै छन् । यो समाचार लेखेपछि गिरीलाई दैनिक जसो ज्यान मार्ने धम्की आउने गथ्र्यो । त्यसबेला गिरी पत्रकार महांसघ कास्कीको कार्यसमिति सदस्य पनि थिए । तर उनले कहिले महासंघ गुहारेनन् । ‘पत्रकार भएपछि अलिअलि धम्की पनि सहननसकेर गुहार माग्ने हो भने के पत्रकारिता गराई भयो’ भनेर नजिकको साथीहरुसँग कुरा गर्ने गर्थे ।
७. क्रसर बन्द गराए
पोखरा–२१ मा रहेको अवैध क्रसरको बारेमा पटक–पटक समाचार लेखे पत्रकार अर्जुन गिरीले । पोखरा–१७ को पारी पोखरा–२१ दोबिल्लामा रहेको क्रसरको विरुद्ध त्यहाँका स्थानीय बोल्न डराउँथे । क्रसरका सञ्चालक बलबहादुर गुरुङ ‘महतगौडे कान्छ’ विगतमा एलजी ग्याङको भनेर उनीविरुद्ध आवाज उठाउने कोही थिएन् । तर पत्रकार गिरीले निरन्तर कलम चलाएपछि सम्बन्धितव्यवसायी क्रसर बन्द गर्न बाध्य भए । त्यतिमात्र होइन सोही क्रसर त्यहाँ बन्द भएपछि पोखरा–३३ एक बस्ती छेउमा सार्ने बनेर भौतिक संरचना तयार पर्दै थिए । सोही विषयमा फेरी गिरीले ‘बस्ती छेउमै सारिँदै क्रसर’ भन्ने शीर्षकमा समाचार लेखपछि तत्कालीन एसपी अशोक सिंहले त्यहाँबाट केही व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएका थिए । अहिले सो क्रसर कुनै पनि ठाउँमा छैन ।
८. तनहुँको गुण्डागर्दीमाथि प्रहार
२०७१÷७२ सालमा तनहुँमा पनि गुन्डागर्दीको अवस्था डर लाग्दो थियो । कोही कसैसँग निउँ खोज्यो कि बेलुका खुकुरी खाइन्छ भन्ने त्रास । त्यहाँ एसपी उमेशराज जोशी थिए । त्यहाँको विषयमा पनि पत्रकार गिरीले खरो कलम चलाए । त्यतिमात्र होइन तनहुँमा ‘हत्यामा कलिला हातहरु’ भन्ने शीर्षकमा समाचार लेखे । जसमा अन्डरएजका किशोरहरु हत्यामा संलग्न रहेको भन्ने तथ्यहरु प्रकाशन थियो ।
९. कैदीको यौन काण्ड र फरारमा हुनुमा प्रहरीको कमजोरीको खुलासा
२०७३ साल मंसिरमा एउटा समाचार आयो । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । पोखराका सबै मिडियाले सोही अनुसार उपचारको क्रममा अस्पतालबाट कैदी भागे भनेर समाचार प्रकाशन प्रसारण गरे । तर पत्रकार गिरीले कैदी उपचारको क्रममा नभई एक होटलबाट भागेको भन्ने खुलासा गरे । ‘यौन सम्पर्कका लागि होटल पु¥याइएका दिए कैदी, जसलाई उपचारका लागि लैजाँदा अस्पतालबाट भागे भनियो’ यसरी गिरीले खोज गरेर समाचारमार्फत तथ्य बाहिर ल्याएका थिए ।
१०. गुन्डाको साख झारिदिए
एक वर्षअघि कास्की प्रहरीले कथित गुण्डा ललित गुरुङलाई पक्राउ ग¥यो ।केही वर्षअघि एलजी ग्याङका मुख्य नाइके गुण्डा भनेर ललितलाई चिन्ने गर्थे । २०७४ सालमा कास्की प्रहरी प्रमुखका रुपमा एसपी अशोक सिंह आए । एसपी सिंहले ललितलाई पक्राउ गर्दै‘ललित डन होइन टोले गुण्डा हो’ भनेर अभिव्यक्ति दिए । जुन कुरा पत्रकार गिरीले मात्र लेखे । सोही विषयलाई लिएर ललितलाई संरक्षण गरेर राखेका राजनीतिक दलका नेताको बैठक समेत बस्यो । ‘नाम कहलिएका डनलाई टोले गुन्डा भनेर लेख्ने ?’ भनेर गिरीलाई फोनबाट धम्की आए । तर गिरीले त्यसपछिका समाचारमा समेत त्यसरीनै टोले गुन्डा लेखे । त्यतिमात्र होइन त्यसपछि पोखराका अधिकांश मिडियाले टोले गुन्डा भनेर किटान गरेरनै लेख्ने टे«न सुरु भयो ।
११. ‘सत्यमा नचुक्ने, शक्तिसँग नझुक्ने’ ताण्डव न्युज बजारमा ल्याएपछि
२०७५ फागुन १ गते महाशिवरात्रिको दिन पारेर पत्रकार गिरी सम्पादक भई ताण्डव न्युज सार्वजनिक गरे । पत्रकारिता विषय पढेको र व्यवाहारिक ज्ञानसमेत भएका गिरीले पोखरामा ताण्डव न्युजलाई अन्य मिडियाभन्दा भिन्न ढंगले अघि बढाए । अनलाइनमात्र नभएर फागुन २८ गते १६ पेजको कलर साप्ताहिक पत्रिका समेत प्रकाशन गरे । खोजमूलक समाचार र ‘नो कपी पेस्ट’ भन्ने सिद्धान्तलाईसँगै डो¥याएपत्रकार गिरीले । ताण्डव न्युज अनलाइन र पत्रिकामा अन्य मिडियाको समाचार नहाल्ने र अन्य मिडियाले पनि ताण्डवको कपी पेस्ट गर्ने नपाउने भनेर नोटिस्टनै जारी गरे उनले । एक बर्षमा पोखराले सम्झना लायक दर्जनौ समाचार प्रकाशन गरेकै कारणले ताण्डव न्युजले पाठकको मन जित्न सफल भयो । ‘पोखरामा ज्यान मारा औषधी छ्याप्छ्याती’, ‘फकाएर एबोसन धम्काएर तर्काउने’, ‘कहिले हुन्छ गुन्डा नाइकेले निर्माण गरेको अवैध सस्तो बजारलाई कारबाही ?’, ‘महानगरले गर्न नसकेको काम’, ‘काल बन्दै ट्रिपर’ लगायत दर्जनौ शीर्षकमा लेखिएका खोजमूलक समाचारले पठकको मन जित्न सफल भयो ।
पत्रकार अर्जुन गिरी कसैको धाकधम्की वा दबाब अथवा मुद्दा मामिलाले आफ्नो कलम नरोकिने बताउँछन् । उनलाई सधैं अरु लेख्न नसकेका विषयमै समाचार लेख्न मनपर्छ । भन्छन्, ‘जति मुद्दा परे पनि, जति धम्की आए पनि र जेल जानै परे पनि समाचार लेख्न छोड्दिन । सत्यको पक्षमा उभिन डराउँदिन ।’