पोखरामा ’मिस्टर एण्ड मिसेस इलाईट २०१९’ हुने

पोखरा ।

पोखरामा रोयल आर्कीनी हाउसको आयोजनामा मिस्टर एण्ड मिसेस इलाईट २०१९ हुने भएको छ ।

आर्कीनी हाउसका प्रबन्ध निर्देशक किस्मत पौडेलका अनुसार १७ देखी २५ उमेर समूह भित्रका अबिबाहित महिला तथा पुरषहरुले उक्त प्रतियोगीतामा भाग लिन सक्ने छ । पोखरा आफैमा धेरै सौन्दर्य प्रतियोगीता हुने ठाउँ हो भन्दै पौडेल थप्छन्–‘यो प्रतियोगीता अरु भन्दा फरक छ, यहाँ सहभागी हुनेहरुले अहिले सम्म कुनै पनि प्रतियोगीतामा नपाएका प्रशिक्षणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने छन्’ ।

पत्रकार सम्मेलनमा भनिए अनुसार सहभागीहरुले क्षमता अभिबृद्धि, ब्यक्तिगत तथा सामाजिक बिकास, नाटक, अभिनय, नृत्य, भ्रमण तथा बिभिन्न शिर्षकमा शैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईने छ । बिजेताले रु ५० हजार नगद पुरस्कार, म्यूजिक भिडियो, मुस्ताङ भ्रमण, गिफ्ट ह्याम्पर साथै बिभिन्न शिर्षकमा पुरस्कार राखिएको आर्किनी हाउसक कार्यकारी निर्देशक अपिल घिमिरेले जानकारी दिनुभयो ।

पहिलो सिजन तनहुँको दुलेगौडामा सम्पन्न गरेको यो कार्यक्रम दोस्रो सिजनमा पोखरामा गर्न लागिएको हो । बिभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरिसकेकी कोरियोग्राफर पुष्पा गुरुङ पोखरामा हुने अन्य सौन्दर्य प्रतियोगीता भन्दा यो मिस्टर एण्ड मिसेस इलाईट भिन्न र व्यवस्थित हुने दावी गर्नुहुन्छ ।

गुरुङका अनुसार आफ्नो टीममा बिभिन्न बिधामा अनुभवी व्यक्तिहरु रहेकाले सहभागीको क्षमता अभिबृद्धका साथै जीवनपयोगी धेरै सीप सिक्ने अवसर हुने भएकालेपनि सहभागी हुन आग्रह गर्नुहुन्छ । प्रतियोगीतालाई बिभिन्न चरण हुँदै फाईनलमा ८(८ जना बनाईने र असोजको ११ गते भव्य कार्यक्रमका बीच बिजेता घोषणा गरिने छ ।

पहिलो चरणको अडिसन भाद्र १४ गते हुनेछ । प्रतियोगीता सम्पन्न गर्न हिरोको प्रायोजन, क्वालिटी थाई फूडस्, फोर फाउण्डेशन, बाराही समाचार, सिग्देल प्रेस, हामी गर्न सक्छौं सहयोगी हातहरु लगातका संस्थाहरुको बिशेष प्रायोजन रहेको छ ।