कालीकोटमा ८७ घरमा आगोलागी हुदा ८० घर पूर्णरुपमा जलेर नष्ट

पोखरा । कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा ८७ घरमा आगोलागी हुदा ८० घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने ७ घरमा क्षति पुगेको छ । १ सय ६९ घर रहेको न्यौपानेबस्तीमा सोमबार बिहान करिब २ बजे आगो लागेको हो ।

स्थानीय नबिन न्यौपानेको घरबाट आगो लागेको बताइएको छ । आगो भान्साबाट लागेको अनुमान गरिएको छ । आगो निभाउने क्रममा १३ जना घाइते भएका पलाता गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले बताए ।

उनका अनुसार वडा नम्बर एकको स्वास्थ्य इकाइबाट इन्चार्ज प्रजन भण्डारीको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । शिविर संचालन गरेर घाइतेको उपचार भइरहेको छ । आगलागीमा परि १८ चौपाया मरेका छन् ।

खरले छाएका र जोडिएका घर भएकाले ठूलो क्षति भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

पानीको अभावका कारण आगो निभाउन समस्या भएको छ । आगो निभाउन वडा नम्बर १ र वडा नम्बर २ मा वितरण गरिएको पानी ल्याइएको थियो ।

सो बस्ती न्यौपानेको उद्गमस्थल पनि हो । आगलागी भएको स्थान जिल्ला सदरमुकाम मान्माबाट ३२ कोष र गाउँपालिकाको केन्द्रबाट चार घण्टाको दूरीमा पर्दछ । घटना स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले क्षतिको लगत संकलन भइरहेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment