न्यूलाइफको स्वास्थ्य शिविर

पोखरा ।

पोखराको पृथ्वीचोकमा रहेको न्यूलाइफ आयुर्वेद प्रा.लि.ले ३ दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रवारवाट सुरु भएको शिविर आइतवारसम्म चल्ने छ ।

विहान ५ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने शिविरमा निःशुल्क विरामी जाँच तथा स्वास्थ्य परामर्श, निःशुल्क औषधी वितरण, प्याथोलोजी ल्याब, क्षारसूत्र, थेरापी र मसाज, स्टिमवाथ, योग र रेकीमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

शिविरमा उपचार हुने रोगहरुमा पेट सम्बन्धि, हाडजोर्नी, नशा सम्बन्धि, मलद्धार, स्त्री तथा प्रसुती, मानसिक रोग, छात्रा सम्बन्धि, योनजन्य, नाक कान र घाटी, स्वासप्रस्वाश, सुगर, प्रोष्ट्रेट, मोटोपन, दुबलोपन, प्रेसर, पत्थरी, छातीको दाग, कपाल झर्ने÷टुक्रने÷हागाँ फाट्ने÷फुल्ने÷ चायाँ पर्ने, जण्डिस र थाइराइड लगायतका रोगहरुको उपचार गरिन्छ ।