बिश्व फोटोग्राफी दिवसको अवसरमा प्रभातफेरी

पोखरा ।

१८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाईयोे । फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्कीएका खोटाड.का यूवा कर्ण श्रेष्ठलाई सम्मान गरि कार्यक्रम सम्पन्न गरियो । देश ब्यापी नेपाल साईकल यात्रामा निस्केका श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मान गरियो ।

पोखराको मानवअधिकार चोक बाट प्रभातफेरी सुरु भई चिप्लेढुंगा महेन्द्रपुल हुदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभामा गरी समापन भएको थियो । देशमा भ्रष्टाचार मौलाउदै गएपछि चिन्तित बनेका श्रेष्ठले देशलाई भ्रष्टाचार मुक्त बनाउनुका साथसाथै देशका बिभिन्न पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले साईकलबाट नेपाल भ्रमणमा निस्केको बताए ।

बिश्वफोटोग्राफी दिवसका अवसरमा पर्यटन प्रबद्र्धन गर्दै भ्रष्टाचार मुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका ब्यक्तिलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफर ,पत्रकार तथा फोटोपत्रकारहरुका लागि गौरवको कुरा रहेको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।

कार्यक्रममा बिश्व फोटोग्राफी दिवसका बारेमा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुड., पोखरा उधोग बाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले आआफ्नो धारणा राख्दै फोटोग्राफीको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए