पोखरामा मेरो घर, घर बनाउनेहरुलाई दिन्छ डिजाइन देखि डेकोरेसनको सुविधा

पोखरा ।

घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्धारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा सुरु भएको छ ।

बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाटसेवा दिन सुरु गरेको हो । चितवन शाखा पनि चाँडै संचालनमा आउने मेरो घरले जनाएको छ ।
पोखराको शान्तिनगरमा मेरो घरको कार्यलयबाट सेवा दिन सुरु भएको मेरो घर पोखराका निर्देशक दयाराम भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीले भन्नुभयो – घर निर्माण भनेको लगानीको परियोजना मात्र होइन, यो त सुन्दर सपनाको परियोजना पनि हो । लगानी गरेर मात्रै पनि सुन्दर घर निर्माण हुन सक्दैन । त्यसैले कस्तो जग्गामा कस्तो घर बनाउने भन्ने सल्लाह सुझाव, डिजाइन र डेकोरेसन सहित घर निर्माणका बेला पर्ने समस्याको समाधान दिने हाम्रो उद्देश्य हो ।

अहिले घर निर्माणको क्रममा निर्माणकर्तालाई आई पर्ने दुविधा, झण्झट, ढिलासुस्ती चिरेर मेरो घरले निर्माणकर्तालाई सुन्दर घरको नमुदा दिने गरि पोखरामा आफुहरुले सेवा सुरु गर्न लागेको निर्देशक भण्डारीले बताउनुभयो ।

जिन्दगी भरको सोच नै नेपालीहरुको घर बनाउने हुन्छ । तर जिन्दगीभर घरका लागि सोचीरहेको मानीसले घर बनाउने बेलामा सोच विचार नपुर्याउदा दुख पाईरहनुपरेको सन्दर्भलाई लक्षित गर्दै मेरो घरले उपभोक्ताहरुलाई विना झण्झट सम्पुर्ण सुबिधा दिदै आएको पोखरा शाखाका निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

मेरो घरले सस्तोमा सुन्दर र बलियोघर कसरी बनाउन सकिन्छ भनेर आर्किटेकले डिजाईन गरेको घर निर्माणमा सहयोग गर्ने गर्दछ । मेरो घरले घरको डिजाइनका अलवा, योजना, आर्थिक पक्ष, डेकोरेसन, पुरानो घरको पुनर्निमाण लगायतका घर सम्बन्धी काम गर्ने भण्डारीले बताउनुभयो ।

पोखरा शाखा सुरुवात गरेको अवसरमा मेरो घरले आफ्ना सेवा सुविधामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको निर्देशक भण्डारीले बताउनुभयो ।