लाहाचोकमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

पोखरा ।

सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे« गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थीत महेन्द्र मा.बि मा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापाले कार्यक्रम फलदायी हुनु पर्ने बताउदै अपराधको मुख्य कारण भनेको लागु औषध भएको बताए । उनले भने साथी सगींको लह लहैमा लागेर लागु औषध दुब्र्यसनिमा फस्ने भनेको किशोर अबस्था भएकोले बिद्यार्थी जिवनमा नै सचेत हुन आग्रह गरे ।

कार्यक्रमका बिशेष अतिथि बिद्यालयका प्राचार्य गोबिन्द अधिकारीले कार्यक्रम आयोजना गरेकोमा सेवा केन्द्रलाई धन्यवाद दिदै बिद्यार्थीलाई सचेत बनाउन अभिभाबकको मुख्य भुमिका रहने बताए । प्रहरी नायब निरिक्षक बिद्याधर त्रिपाठीले सहजिकरण गरेको कार्यक्रममा कक्षा ८,९ र १० मा अध्यनरत ७५ बिद्यार्थीको सहभागिता थियो ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक बसन्त बाँस्तोलाले र सञ्चालन महासचिब उत्तम जोसीले गरेका थिए ।