एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयर पोखरामा

पोखरा । अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरु लक्षित गरेर पोखरामा अष्ट्रेलिया एजुकेशन फेयर हुने भएको छ । विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै एनमार्क एजुकेशन प्रालिले ‘एनमार्क अष्ट्रेलियन एजुकेशन फेयर’को आयोजना गरेको हो ।

भदौ ४ गते सोमवार एनमार्कको आफ्नै कार्यालय महेन्द्रपुल पोखरामा हुने फेयरमा अष्ट्रेलियाका विभिन्न २० वटा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी(नसिव)ले जानकारी दिए ।

‘फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।’

कन्सल्टेन्सीको एक जना काउन्सिलरले धेरै कलेजको वारेमा जानकारी गराउदा कलजेको ईन्फरमेशन मिस हुने हुँदा फेयरमा एकै पटकमा धेरै कलेजका प्रतिनिधिहरुले परामर्श दिने भएकोले पनि विद्यार्थीहरुले कलेज तथा विश्वविद्यालयहरुको वारमो वास्तविक जानकारी पाउने अधिकारीको भनाई छ ।

कुन विषय अध्ययन गर्ने ? कुन विषयको खर्च कति ? लगानी कति ? भविष्यमा काम गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ ? लगायतका प्रश्नको जवाफ फेयरमा पाइने सिनियर काउन्सेलर सामना क्षेत्रीले बताइन् । ‘करियर काउन्सिलिङ पनि हुन्छ,’ उनले भनिन, ‘विभिन्न शहरहरुको जीवनशैली, अध्ययन खर्च र सम्भावनाहरुका बारेमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट सिधै जानकारी मिल्छ ।’

फेयरमा सहभागि हुने कलेजहरु पोखरामा पहिलोपटक सहभागि हुँदै गरेको र लेवल १ का कलेज तथा युनिभर्सिटीहरु रहेको एनमार्कको दावी छ । एनमार्कले १० वर्षअघिदेखि शैक्षिक परामर्शको काम गर्दै आएको छ । विशेष गरि अष्टे«लिया, न्युजिल्याण्ड, अमेरिका र भारतमा उसले अध्ययन प्रयोजनको लागि विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment