सृजना मा.वि.मा नेपाली हिज्जे सम्पन्न

पोखरा ।

पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज श्रावण १४ गते मङ्गलबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता तहगत रूपमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) बाट निलो सदन, पहेलो सदन र हरियो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने आधारभूत तह (कक्षा ६ देखि ८) बाट निलो सदन, पहेलो सदन र रातो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी आधारभूत तह (कक्षा ४ र ५) बाट पहेलो सदन, रातो सदन र निलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने आधारभूत तह (कक्षा २ र ३) बाट पहेलो सदन, रातो सदन, निलो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कुरा विद्यालयका एकेडेमिक डिन इन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

सम्पूर्ण बिजेता विद्यार्थीहरूलाई बधाई दिनुका साथै बिजेताको प्रमाणपत्रद्वारा सम्मान गरिएको कुरा विद्यालयका शिक्षक तथा मिडिया इन्चार्ज विष्णुप्रसाद सुवेदीले जनाएका छन् ।