रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम

पोखरा ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको रेडक्रमका गण्डकी प्रदेश संयोजक सुर्यप्रसाद ढकालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँ लगाएत कास्की शाखाका मन्त्री धर्म अधिकारी, जिल्ला सदस्य दिपेन्द्र मर्सानी, उपाशाखा ९ का सभापति राजेन्द्र पहारीलगाएतले रक्तदानको महत्व दिन प्रतिदिन वढ्दै गएको वताउँदै तिन तिन महिनामा रक्तदान गर्दा कुर्न हानी नहुने धारणा व्यक्त गरेका थिए ।

उपशाखा सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग महेन्द्र केसी, यशोधरा दुरा, सुस्मिता वरालले गर्नुभएको थियो । कार्यक्रम संयोजक तथा उपशाखा कोषाध्यक्ष उत्तम जोशीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन सचिव सागर पोडेलले गर्नुभएको थियो ।