भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा । भाषा संघ नेपालले नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम शुभकामना आदानप्रदानसँगै विविध समसामयिक विषयमाथि छलफल भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था अग्रपंक्तिमा पुग्न सफल बनोस भन्ने शुभकामना दिनुका साथै संस्थाले उल्लेखनिय कार्यहरु गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार विक्रम उदास, प्रथम उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष कोपिला भुजेल, सचिव मोतिप्रसाद श्रेष्ठ, सल्लाहाकार युवराज पौडेल, सदस्य पुर्णबहादुर थापा, पुर्णकुमारी गुरुङ्ग लगायतले बोलेका थिए ।

भाषा संघ नेपालका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पूर्णप्रसाद न्यौपानेले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment