अदालतमा अब रोबोटले फैसला गर्ने

एस्टाेनिया : आधुनिक समाजको विश्वासको भरोसा केन्द्र मानिने अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । युरोपीयन मुलुक एस्टोनियामा तयार पारिएको रोबो जजले अदालतका मुद्दा फैसला गर्ने भएको हो ।

लामो समयसम्म थन्किएर रहने मुद्दालाई व्यवस्थित गर्दै उक्त रोबोटले फैसला नै गर्ने छ । तर उक्त रोबोटको फैसलाबाट चित्त नबुझेको खण्डमा मानव न्यायाधीशको फैसला माग गर्न सकिने छ ।

यस्तै उक्त रोबोटलाई कानूनी भाषा र दस्तावेजमा अभ्यस्त बनाउन तालिम समेत दिएको बताइएको छ । रोबोटले फैसला नै सुरु गरिसकेको भने छैन । तर यसका लागि तयार रहेको मिडियाले जनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार आगामी महिनामा उक्त रोबोटले काम सुरु गर्नसक्ने छ ।