‘आर्थिक सशक्तिकरण विना महिलाको समग्र विकास सम्भव हुदैन’

पोखरा ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले आर्थिक सशक्तिकरण नभएसम्ममहिलाहरुको समग्र विकास नहुने बताएकी छन ।

मन्त्री पुनमगरले महिलालाई आर्थिक रुपमा सक्षम र उद्यमशिल बनाउन मन्त्रालयले सहयोग गर्ने धारणा राखिन् । महिला चेम्बर र पोखरा चेम्बर अफ कमर्स कास्कीले महिलाहरुलाई स्वरोजगार बनाउन दिएको तिन महिने निशुल्क सिलाई बुनाई तालिमको बिहीबार भएको समापन कार्यक्रममा उनले तिन महिना सिलाई कटाई तालिम लिएका महिलालाई छ महिना तालिमको आवश्यता परे सहयोग गर्ने आश्वासन दिइन् । मन्त्री पुनले तालिम लिएर बिचैमा छोडे मन्त्रालयले क्षमा नदिने बताइन् ।

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ भएको तालिम समाापन कार्यक्रममा मन्त्री पुनले मन्त्रालयको सहयोगमा तालिम लिएका सहभागीहरुको मन्त्रालयले अभिलेख राखेको जानकारी दिइन् । तालिम लिएर आफै स्वरोजगार बन्न सुझाव दिदै उनले सीप सिकेर अर्काको उद्योगमा काम गर्न नजान आग्रह गरिन् । मन्त्री पुनले उद्यमशिलताको लागि आर्थिक अभाव भएको खण्डमा मन्त्रालयले हेर्ने बताइन् ।

उनले आर्थिक रुपमा सशक्तिकरणको लागिधेरै भन्दा धेरै महिलाहरुलाई उद्यमशिलतामा जोड्ने धारणा राखिन् । स्थानीय जनप्रतिनिधिहरुको समन्वय र अनुगमन गर्ने गरी महिलाको लागि तालिम चलाउने बताइन् । गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले बजारको सम्भावना हेरेर तालिम लिए उत्पादित सामाग्रीहरुको बजारीकरणको लागि सहयोग पुग्ने बताइन् । उनले महिलाहरुले सीप सिकेर आत्म निर्भर भएको खण्डमा कसैको मुख ताक्न नपर्ने धारणा राखिन् ।

तालिम समापन कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका कार्यवाहाक अध्यक्ष प्रेमबहादुर भुजेल, पोखरा महानगरपालिका वडा नम्बर १७का अध्यक्ष तीर्थराज अधिकारी, वडा नम्बर ७का अध्यक्ष रामचन्द्र बराल, महानगर कार्यपालिकाका सदस्य तथा वडा नम्बर १७का वडा सदस्य राधिका शाही योगी, महिला चेम्बरका अध्यक्ष तथापोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, महासचिव उमराज बास्तोला, महिला च्याम्बर कास्कीका उपाध्यक्ष सुमन गुरुङ सचिव सांग्रिला केसी मरासिनी, सनराइज बैकका शाखा प्रवन्धक नितेस रेग्मी, प्रशिक्षक रञ्जना श्रेष्ठ, सहभागी प्यारी गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा २०७६ वैशाख १३ गते सुरु भएको ६५ दिने( ३ सय ९० घण्टे)तालिममा २५ जनाको सहभागिता रहेको छ ।