वातावरण संरक्षणसंगै आयआर्जनका लागि विरुवा वितरण

पोखरा ।

वातावरण संरक्षण एवम् स्थानीय वासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उदेश्यका साथ पोखरा २४ स्थित वडरे क्षेत्रमा निशुल्क विरुवा वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा लेकसाईडद्धारा तरकारी, फलफुल तथा घाँस लगायत बिभिन्न जातका एक हजार दुई सय ५० वटा विरुवा वितरण गरिएको हो ।

सो अवसरमा एभोकाडो, कागती, कफि, लप्सी, तेजपात, निमारो, वकाइनो, अम्वा, कुरिलो, चाँप, कपुर, सितल चिनी लगायतका ५५ हजार रुपैया बरावरका विरुवा वितरण गरिएको क्लवका अध्यक्ष गोमा ढकालले जानकारी दिनुभयो । सोही स्थानमा सञ्चालीत इन्द्रेणी अर्गानीक तरकारी फर्मका सञ्चालक समेत रहनु भएका ढकालका अनुसार सो क्षेत्रमा बाँझीएको जमिनलाई उत्पादन मूलक बनाउर्दै स्थानीय वासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ ।

चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाका अनुसार ‘सके तरकारी उत्पादन गरेर विक्री गरौ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूले यस अघिदेखि नै अभियानकारुपमा मौसमी तथा वेमौसमी तरकारी खेतीमा गर्दै आएको बताउनुभयो ।

बाँझीएको जमिनमा सामूहिक तरकारी एवम् फलफुल खेती गरि उत्पादी वस्तु पोखराको पर्यटकीय स्थल लेकसाईडमा बिक्री गरि आयआर्जन गर्ने अभियानका दिदि बहिनी जुटेका छौ उहाँले भन्नुभयो । पामे बजारमा आयोजित विरुवा हस्तान्तरण समारोहमा बोल्दै लायन्स क्लव डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका विरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नु पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकहरुलाई विरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराउनु भएको थियो । विरुवा रोप्नको लागि आवश्यक खाडल तयार गरिएको बताउँदै केही दिन भित्र रोपिने तयारी गरिएको कृषक समूहका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिनुभयो ।