दरबारथोक एड्भरटाईजिङ पाँचौ वर्षमा प्रवेश

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको दरबारथोक एड्भरटाईजिङ एजेन्सी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ।

२०५४ सालदेखि पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका, वैदेशिक रोजगारीको अनुभव लिएका, विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल युवा व्यवसायी कृष्णबहादुर रानाभाटले पोखरामा २०७२ सालमा स्थापना गरेको विज्ञापन एजेन्सीले स्थानिय तथा राष्ट्रिय पत्रपत्रिकामा सुचना तथा विज्ञापन प्रकाशनमा सहजीकरण गर्दै आएका छन्।

विगतमा काठमाण्डौबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकामा सुचना तथा विज्ञापन प्रकाशन गर्दा निकै सास्ती खेपेका पोखरा तथा आसपासका सेवाग्राहीलाई उचित परामर्श सहित सुलभ मुल्यमा सेवा प्रदान गर्दै आएको संचालक रानाभाटले वताए।

राजधानीमा जस्तो पोखरामा विज्ञापनको वजार सन्तोषजनक नभए पनि भविष्यमा राम्रो हुन आशा राखेका रानाभाटले सरकारले स्वरोजगार उन्मुख युवालाई व्यवसाय गर्न हौसला प्रदान गर्दै स्थानिय स्तरमा रहेका सरकारी कार्यालयहरुको सुचना स्थानीय स्तरमा स्थापना भएका विज्ञापन एजेन्सीहरु मार्फत प्रकाशन गरी प्रोत्साहन गर्नुपर्ने वताउदै आएका छन्।