एमालेको प्रादेशिक भेलामा राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप

जनकपुर। जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो ।झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् ।

अहिले एमालेको भेला स्थल प्रहरीले घेराउ गरि कार्यक्रम गरिरहेको छ । तनाव बढेको छ। प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । राजपाका नेता कार्यकर्ता टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment