वल्र्डलिङले ल्यायो अव हरेक टिभीमा यूट्युब

पोखरा ।

यूट्युव अहिले हरेक ब्याक्तिले हेर्ने गर्दछन । सवैले मोवाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युव हेर्दै आइरहेको भएतापनी अवदेखी सवैलाई सजिलो होस भनी इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिङक कम्युनिकेशनले हरेक टिभीमा यूट्युव हेर्न मिल्ने नया प्रोडक्ट बजारमा ल्याएको छ ।

वल्र्डलिङल जुनसुकै टेलिभिजनमा सजिलै यूट्युव हेर्न मिल्ने गरी अव हरेक टिभीमा यूट्युब नामक नया प्रोडक्ट बजारमा अफर स्वरुप ल्याएकोवल्र्डलिङक कम्युनिकेशनस लिमिटेडले जनाएको छ । यस सेवा अन्तर्गत वल्र्डलिङको नेट टिभीका प्रयोगकर्ताहरुले अव आफ्नो टिभी मार्फत साथीभाइ वा स परिवार संग यूट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्नेछन ।

यो सुविधा स्र्माट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेट टिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरु सँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युब मार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले यूट्युव स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा गएर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नेछन ।