ग्लोवल रिचको एजुकेशन फेयर

पोखरा ।

ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सी पोखराले आगामी साउन १२ गते आइतवार एजुकेशन फेयरको आयोजना गर्ने भएको छ ।

विद्यार्थीहरुको शैक्षिक गुणस्तरि वृद्धि गर्न र परामर्शको लागि उक्त कार्यक्तमको आयोजना गर्न लागेको हो । कार्यक्रम आगामी आउन १२ गते आइतवार पोखरा न्यूरोड स्थित सिटी स्कवायर पार्टी प्यालेसमा पूर्वान्ह ११ बजे देखि अपराह्न ४ बजे सम्म सञ्चालन हुने छ ।

कार्यक्रममा पोखरावाट अष्ट्रेलिया शिक्षाको लागि कस्तो छ ? त्यहाँका विशेषताहरु, अवसरहरु र समस्याहरुको विषयमा सहजीकरण हुने छ । सहजीकरणको लागि थुप्रै सहजकर्ताहरुको पनि कार्यक्रममा सहभागीता रहने आयोजकले जनाएको छ । समयमा आफ्नो नाम दर्ता गरेर मौकाको फाइदा उठाउन आयोजकले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।