ड्यामसाइड टोल विकास संस्थामा पुन शिवमाया श्रेष्ठ

पोखरा ।

ड्याम साइड टोल विकास संस्थाको १८ औँ साधारण सभा एवंम् अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको पुन शिवमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जसको उपाध्यक्षमा जमुना भट्राई, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्विका थापा, सदस्यहरुमा सुश्मा सापकोटा, शान्ति थापा, कोपिला परियार, बुद्धिमाया तामाड, सुजिता श्रेष्ठ, सुनिल हिराचन, चन्द्र तुलाचन रहनुभएको छ । त्यस्तै संरक्षक विष्णुराज बराल रहेको संस्थामा संस्थापक अध्यक्ष कल्पना श्रेष्ठ र सल्लाहकारहरुमा दुर्गाप्रसाद लिगल, हरिकुमार श्रेष्ठ र शिवजी बराल रहनुभएको छ । संस्थाले विगत १८ वर्षदेखि विभिन्न सामाजिक तथा विकास निर्माणका कार्यहरु साथै पार्क संरक्षण, नेतृत्व विकास तालिम सौर्यवति जडान, ढिकी जातो निर्र्माण, क्रियापुत्री भवन लगायतका कार्यहरु गरिसकेको छ ।

यस अघि अधिवेशनको उद्घाटन गदै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्वर १७ का अध्यक्ष तिर्थराज अधिकारीले संस्थाले गर्ने हरेक सामाजिक कार्र्यमा वडाका साथ रहने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले वडा कै नमुना टोल विकास संस्थाको रुपमा ड्यामसाइड टोल विकास संस्थालाई आफुले लिएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, ड्यामसाइड क्लवका अध्यक्ष पद्मबहादुर ढकाल लगायतले बोल्नुभएको थियो ।