रोटटी पोखरा फिस्टेलमा अध्यक्ष अर्जुन थापा सँगै रोट्रयाक्ट पोखरा फिस्टेलमा अध्यक्ष सोनु सुनार

पोखरा ।

रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औँ पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । २०१८÷१९ का अध्यक्ष रोटरियन बाबुराम पाठकले २०१९÷२० को अध्यक्ष रो.अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको पद हस्तान्तरण गर्दै समाजको हितका निम्ति सदैव अगाडी बढ्ने एउटा टिम बनेको प्रति गर्व लागेको बताउनुभयो ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले फिस्टेल स्मारिकाको बिमोचन गर्दै रोटरी क्लबले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । रोटरीको जस्तै जिम्मेवारी हस्तारण प्रणाली अन्य ठाउँमा हुन सके यसले सकारात्मक प्रभाव परिवर्तन ल्याउने बताउनुभयो । महानगर र रोटरी क्लबहरु मिलेर थुप्रै कामहरुलाई पूर्णता दिन जरुरी रहेको भन्दै आवश्यक परेमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा असिस्टेन्ट गर्भनर रो.मिनु कुवँर श्रेष्ठले नवनियुक्त रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष अर्जुन थापालाई शपथ ग्रहण गराउँदै हालसम्म रोटरी क्लब अफ पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो पाईलालाई निरन्तरता दिएको प्रति खुसी व्यक्त गर्नुभयो । उक्त अवसरमा नवनिर्वाचित २०१९÷२० अध्यक्ष रो.अर्जुन थापाद्धारा अन्य सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष रो. विनोद कोइरालाले क्लबले गरेका गतिविधि माथि प्रकाश पार्दै क्लबले सामाजिक सेवाका लागि अन्तराष्ट्रिय दातृनिकायहरुसँगको सहकार्यमा शिक्षा स्वास्थ्य र बातावरणको क्षेत्रमा कार्य गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले क्लबबाट विद्यालयमा सहयोग, भुकम्प प्रभावित विद्यालय बनाउन देखि लिएर खानेपानी जस्ता पूर्वाधारमा प्रत्येक बर्ष एक करोड लगानी गर्दै आएको भन्दै यस बर्ष भने २ करोड लगानी गर्ने लक्ष्य रोटरीको रहेको बताउनुभयो ।

क्लबको नवनियुक्त अध्यक्ष रो.अर्जुन थापा क्लबको दोस्रो पटक अध्यक्ष हुँदै गर्दा रोटरी संस्था लिनको लागि नभई दिनको लागि बनेको थापाले बताउनुभयो । उहाँले रोटरीको ईमेजलाई जोगाउनको निम्ति सबै लाग्नुपर्ने जोड दिदैँ अधुरा कार्यहरुलाई क्लबले पुरा गरी सरकारी स्कूलमा शौचालय निर्माण गर्ने, व्यवसायीक तालिम गर्ने, वृक्षरोपण जस्ता बिकासका गतिविधिलाई अझ सशक्त ढंगबाट निरन्तरता दिने जानकारी दिनुभयो ।
क्लबको नवनिर्वाचित बोर्ड अफ डाईरेक्टरमा आईपिपि बाबुराम पाठक, पे्रसिडेन्ट इलेक्ट रमेश प्रसाद कोइराला, भाईस प्रेसिडेन्ट अशोक चालिसे, सचिव दीपक पोख्रेल, जोइन्ट सेके्रटरी सृजना भुर्तेल, टे«जरी लक्ष्मी कुवँर, सर्जन एट आर्म नरबहादुर गुरुङ, क्लब टे«नर विनोद कोइराला, क्लब इडिटर बिमला भण्डारी, वेभ मास्टर आदित्य चन्द, क्लब एडेमिन डाईरेक्टर रमाकान्त बराल, क्लब मेम्भरसिप डेभ.डाईरेक्टर ई.सुरेन्द्र प्रसाद श्रेष्ठ, कम्युनिटि सर्भिस डाईरेक्टर लक्ष्मी थापा गिरी, पब्लिक रिलेसन डाईरेक्टर बिष्णुहरी तिमिल्सिना र भोकेस्नल स. डाईरेक्टर डा. सुनु दुलाल चयन भएका छन् । क्लबमा नयाँ सदस्यको रुपमा प्रवेश गरेका प्रा. डा ध्रुव बहादुर अधिकारी भरतमणी पाठक, कमला गिरी, र रबिन्द्र के.सी.को परिचय क्लबका उपा्रध्यक्ष अशोक चालिसेले गराउनुभएको थियो । कार्यक्रममा टोस्ट प्रपोजल प्रेसीडेन्ट ईलेक्ट रमेश प्रसाद कोईरालाले गर्नुभएको थियो धन्यवाद रो. महेश्वर पहारीले दिनुभएको थियो ।

सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको बर्ष २०१८÷१९ की अध्यक्ष विद्या कोइरालाले बर्ष २०१९÷२० की अध्यक्ष सोनु सुनारलाई पद हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन समेत गरेको थियो ।

क्लबमा उत्कृष्ट कार्य गरेका सदस्यहरुलाई सम्मान गरिएको थियो भने प्रोत्साहनका लागि प्रदान गरिएको सृजना अवार्ड क्रिस्टीना भट्टराईलाई प्रदान गरिएको थियो । क्लबका संस्थापक अध्यक्ष समिक्षा कोईराला, पूर्व अध्यक्ष अमृता पौडेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । महिलाहरुको मात्र संलग्नतामा रहेको रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल मा १० जना नयाँ सदस्यहरु थपिएका छन् ।

सोही कार्यक्रममा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेका रोट्ररी सदस्यका ६ जना छोराछोरीलाई सम्मान गरिएको क्लबका सचिव एवं कार्यक्रम संचालक दिपक पोख्रेलले बताउनुभयो ।