पोखरा खेलकुदको राजधानी बन्न सक्छः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा पर्यटनको मात्रै नभएर खेलकुदको पनि राजधानी हुन सक्ने बतउनुभएको छ । आज देखि पोखराको बगरमा सञ्चालनमा आएको जिम टाउन स्पोर्ट्स एकेडेमीको उदघाटन गर्दे मुख्यमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । उहाँले व्यायामशाला टोल टोलमा हुनु पर्ने बताउनुभयो ।

मान्छे स्वास्थ्य हुनको लागि ब्यामशाला आबश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले आफु क्षेत्रीय खेलकुद विकास समितिको सभापति हुदा मात्रै जिम हाउसको महत्व बुझेको भन्दै सवै खेलाडीलाई जिम हाउस अति आबश्यक भएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफु ६० बर्षमा उमेरमा पनि जिम हाउस जाने गरेको भन्दै सवैको लागि जिम हाउस आबश्यक भएको भन्दै क्षेत्र विस्तार गर्न सञ्चालकहरुलाई सुझाब दिनुभयो ।

शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफरसहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको संचालक बलराम सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार विशेषगरी पृथ्वीनारायण क्याम्पस, बाटुलेचौर र लामाचौर क्षेत्रका युवाहरुलाई लक्षित गरेर पोखराको बगरमा जिम सेन्टर संचालनमा ल्याएको हो ।अमेरिकन फिट एण्ड स्ट्रङ कम्पनीमा निर्मित यान्त्रिक मेशिनहरुलाई जिम सेन्टरमा राखिएको संचालक नविन आचार्यले जानकारी दिनुभयो ।

२ करोड लगानीमा जिम सेन्टरलाई संचालनमा ल्याइएको हो । आचार्यले पोखरामै नयाँ मेशिन भित्राइएको दावी गर्नुभयो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न साथै ब्लड प्रेसर, माइग्रेन्ट रोगलाई व्यायाममार्फत कम गर्नका लागि व्यायामशालाबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउने संचालक गोविन्द मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार व्यायामशालामा एअर कण्डिसन, तातोपानी र पार्किङको उपलब्ध छ । मासिक ३ हजार, १५ सय भर्ना शुल्कसहित व्यायामशालामा १० जना प्रशिक्षकहरु रहने संचालक अर्का संचालक वामदेव सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार विहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म व्यायामशाला खुल्ला रहनेछ । एकै पटक १ सय ५० जनासम्मले व्यायाम गर्न सक्ने छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लाई भिआईपी कार्ड अर्पण गरिएको छ ।