हेमजाका कृषकलाई कृषि सामाग्री बितरण

हेमजा, १२ असार

पोखरा महानगरपालिका वडा न. २५ को वडा स्टरीय कृषि संजालको आयोजना एंव वडा कार्यलयको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच हेमजामा रहेका किसानलाई कृषि सामाग्री बिहिबार बितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले कृषकको हितमा पछि पनि वडा बाट सहयोग गर्ने बताउदै कृषि सामाग्रीको सहि सदुपयोग गर्न आग्रह गरे । हेलनेटले असिनालाई पनि काम गर्ने हुदा कृषिकलाइ बर्ष भरि नै काम लाग्ने बताए ।

कृषि संजालका संयोजक मोतिराम तिमिल्सिनाले कार्यक्रमको औचित्वमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा ४४ कृषिकलाई नर्सरी ब्याडको निमित ग्रीन स्टीक एक सेट, हेलनेट र प्लाष्टिक एक एक थान बितरण गरिएको थियो ।

कृषि संजालका संयोजक तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सह–संयोजक मिना गुरुङले स्वगत र सञ्चालन सचिब बलराम पौडेलले गरेका थिए ।