अग्नि दहन जनताको माझमा प्रदर्शन

हेमजा, ७ असार

मान्छे बोक्सी हुन्न कहिल्यै रास्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना ए्रव गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको संयोजनमा शनिबारदेखि सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

कार्यक्रममा नेपाल बाट बोक्सी कुप्रथा उन्मुलनको अभियानका लागि स्थापित प्रतिष्ठानले निर्माण गरिएको सामाजिक चलचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको संयोजनमा गण्डकी प्रदेशका जिल्लामा सचेतता जगाउने उदेश्यका साथ अभियान सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष कोबिदशरण उपाध्यायले जानकारी दिए ।

कायक्रम मुस्ताङ जिल्लाको जोमसोमबाट शुरु गरएको छ । उक्त कायक्रममा चलचित्र तथा बोक्सी कुप्रथा विरुद्धका सामाजिक गितहरु प्रदशन गरुनुको साथै बोक्सिको आरोप सम्बन्धि ऐन २०७२ जनतालाई बितरण गरिएको छ ।