गोरखामा ७ लाख भन्दा बढिको किनशीप छात्रवृत्तिवितरण

जेष्ठ १९ पोखरा ।

पोखरामा प्याराग्लाडिङ व्यवसाय गरेका विद्यालयहरु तथा विद्यार्थीहरुलाई विभिन्न श्रोत मार्फत सहयोग गर्दै आई रहेको कर्मफ्लाईट्स फाउण्डेशनले गोरखाका विद्यालयहरुमा पनि हालै विभिन्न सहयोग गरेको जनाएको छ ।

उक्त संस्थाले २०७२ सालको भुकम्पमा आफन्तजन तथा दुवै बुबाआमा वा कुनै एक अभिभावक गुमाई अप्ठेरो परिस्थितिमा रहेका बालबालिकाको पढाईमा सहयोग पु¥याउन तत्कालिन समयमा कर्मफलाईट्सले १० वर्ष दीर्घकालिन किनशीप स्कलरशीप कार्यक्रमको शुरु गरेको हिमालय मावि, सौरपानीका प्राचार्य ठाकुर प्रसाद पनेरुले वताए ।

हरेक वर्षको शैक्षिक सत्रको शुरुमा प्रदान गरिने प्रति विद्यार्थी रु १० हजार राशीकोे किनशीप आफन्तजन छात्रवृत्ति १ सय जना लक्षित विद्यार्थीहरुले प्राप्त गरिरहेका छन् । यही कार्यक्रमको निरन्तरता स्वरुप गत जेठ २ देखि ४ गतेसम्म गोरखाको बारपाक सुलिकोट, अजिरकोट र धार्चे गाउँपालिका अन्तर्गतका १७ विद्यालयमा पुगी त्यहाँ अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई उतm छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

छात्रवृत्ति वितरण गर्दा सौरपानी भरिका विद्यार्थीहरुलाई हिमालय मा.वि, स्वाँरा भरिका विद्यार्थीहरुलाई माझथर मावि, अजिरकोट भरिका विद्यार्थीहरुलाई मुच्चोटार आधारभुत विद्यालय, बारपाकको मान्द्रे तथा धार्चे गाउँपालिका अन्तर्गतका विद्यार्थीलाई लाप्राक र गुम्दागाँउमै पुगेर ५ हजार ५ सय बराबरको शैक्षिक सामाग्री, झोला, पोषाक साथै नगद रु ४ हजार ५ सय गरि जम्मा १० हजारको दरले यसपटक ७ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाईएको छ ।

२०७२ साल वैशाख १२ गोरखाको बारपाक आसपासमा केन्द्रबिन्दु बनाई आएको विनासकारी महाभुकम्प पश्चात पोखराको साहासिक खेल प्याराग्लाईडिङ समुदायको प्रतिनिधित्व गदै कर्मफ्लाईटस् फाउन्डेशनसँग उतm क्षेत्रमा फस्ट रेस्पोडर्सको रुपमा काम गर्दाको अभुतपूर्व अनुभुति सुनाउँछन् संस्थाका कर्मचारी राजु परियारले भुकम्प पश्चातको आलो घाउमा मलम पट्टी लगाउन पुगेको पनि ४ वर्ष बिति सकेको वताए ।

गोरखाको उत्तरी भेगमा आपत्कालिन राहत, उद्धार तथा पुनस्थापना कार्य सँगै विकासको संक्रमण कालमा सहकार्य गरिरहेको कर्मफ्लाईटस्ले २ वटा पक्की विद्यालय भवन, २६ वटा विद्यालयमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम, ४ वटा माविमा आइसिटी कम्प्युटर ल्याव र हरेक वर्ष एउटा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गदै आइरहेको छ ।