विकास निर्माण कामहरुमा सबै केन्द्रीत हुनुपर्छ – प्रधानमन्त्री ओली

जेठ १८,पोखरा ।
स्व.मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा ‘रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ को औपचारिक घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको औपचारिक घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्व।अधिकारीले थोरै समय मात्र मन्त्री बन्ने मौका पाएको भएपछि सफल मन्त्री बन्न सफल भएको बताए । “उहाँले नेकपाको सरकार गठन भएको एक वर्ष मात्र मन्त्री बन्ने मौका पाउनुभयो ।” उनले भने – “थोरै समयमा पनि उहाँले धेरै राम्रो काम गरेर सफल मन्त्री बन्नुभयो ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्व।अधिकारी मन्त्री भइसकेपनि विभिन्न विमानस्थलका कामहरु समेत अगाडि बढेको र पर्यटकीय, सांस्कृति तथा नागरिक उड्डयानको क्षेत्रमा समेत सुधार भएको दावी गरे ।

औपचारिक रुपमा घोषणा भएको यस प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्ने उनको भनाई थियो । स्थानीय तहको निर्वाचन भएपनि नेपाल शुसासन तथा विकासको नयाँ बाटोमा अगाडि बढिरहेकाले विरोध सरकारको विरोध मात्र गर्न नहुने उनले बताए ।

“राम्रा विषयहरुको समेत विरोध गर्ने प्रवित्ति मौलाएको छ ।” उनले भने – “आफ्नो स्वार्थलाई पाखा लगाएर सबै दलहरुले विकास निर्माण कामहरुमा केन्द्रीत हुनुपर्छ ।”

धेरै समय स्व।अधिकारीका विषयमा नै बोलेका प्रधानमन्त्री ओलीले यो प्रतिष्ठान दुई दिनका लागि मात्र नभएर जीवन्त प्रतिष्ठान हुने विश्वास व्यक्त गरे । योजनाबद्ध ढङ्गबाट काम गर्न समेत उनले कार्यक्रममा प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

प्रतिष्ठानको कोषका लागि प्रधानमन्त्री ओलीले कार्यक्रममा १ करोड प्रदान गर्ने घोषणा समेत गरेका छन् ।