बालापनको सफलता पछि दुख्यो दिलको घाउ सार्वजनिक

जेष्ठ १८, पोखरा ।
लोकप्रिय गायक तथा कुशल सर्जक हेमन्त कान्छाको पछिल्लो गीत बालापनको चर्चा सेलाउन नपाउदै उनको अर्को गीत भर्खर सार्वजनिक भएको छ ।

झुटो माया बोलको सो गीत केहि समय पहिला सार्वजनिक भएर निकै चर्चा कमाउन सफल भएको थियो त्यहि गीतलाई कान्छाले नयाँ रुपमा फेरी सार्वजनिक गरेका छन । गीतमा हेमन्तलाई अमृता नेपालीले साथ दिएकी छन । गीतको लय तथा शब्द सिर्जना दिपक क्षेत्री र रामु नेपालीको रहेको छ ।

यो गीतमा पनि हेमन्तले निकै मुटु छुने आवाज दिएर गाएका छन । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै कान्छाले विगतका गीत जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

विक्रम काउछा मगरको निर्देशन रहेको सो गीतको भिडियोमा समेत गायक गायीकलाई देख्न सकिन्छ ।