नेपाली चलचित्र ‘आप्पा’ को अफिसियन प्रोमो सार्वजनिक

जेष्ठ १७, पोखरा ।
नेपाली कथानक चलचित्र आप्पाको अफिसियल प्रोमो विहिबार युट्युब मार्फत सार्वजनिक गरिएको छ । बाबु र छोराको कथा बोल्ने फिल्म ‘आप्पा’ आगामी असार १३ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । अनमोल गुरुङको डेब्यू निर्देशकीय यो फिल्ममा दयाहाङ राई र तुलसी घिमिरेजस्ता अब्बल कलाकारको अभिनय समेत रहेको छ ।

फिल्मका निर्देशक अनमोल गुरुङले कथाको माग अनुसार नै दयाहाङ राई र तुलसी घिमिरेलाई फिल्ममा लिएको बताए । कलाकार तुलसी घिमिरेले अनमोलसँग काम गर्दा अनुशासनमा बसेर काम गर्नुपरेको वताए । उनले एउटै दृश्यका लागि आफूले सर्वाधिक १७ टेक खानु परेको बताए ।

नवनायक सिद्धान्तराज तामाङ र नायिका अल्लोना काबो लेप्चाले वरिष्ठ कलाकारसँग काम गर्दा राम्रो अनुभव हासिल गरेका प्रतिकृया दिएका थिए । फिल्ममा दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।

ए माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी गरेका छन् । फिल्मका कार्यकारी निर्माता भने माबो हाङ रहेका छन् ।
फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।