विप्लव नेतृत्वलेको बन्दले पोखरा सहित देशैभरको जनजीवन प्रभावित,कास्कीको तीन ठाउँमा बम भेटियो

जेष्ठ–१३, पोखरा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पोखरा सहित देशैभरको जनजीवन प्रभावित बनेको छ । भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आज बन्द आह्वान गरेको हो ।

बन्दकै प्रभावले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधरणहरु मर्कामा परेका छन् । त्यस्तै विद्यालय, बैंक तथा अन्य विभिन्न क्षेत्रहरु पूर्ण रुपमा बन्द भएका छन् । भने केही सडक छेउछाउका फाटफुट पसलहरु खुल्ला रहेका छन् । बन्दको पूर्वसन्ध्यामा विभिन्न स्थानमा बम भेटीएपछी पोखराको जनजीवन त्रसित बनेको छ ।

पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा हिजो साँझ भेटिएका ेप्रेसर कुकर बम आज बिहान नेपाली सेनाको डिस्पोजल टोलिले बम निश्क्रिय निस्क्रिय पारिएको छ । यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी भेटीएको बम पनि डस्पोजल टोलिले निश्क्रिय निस्क्रिय पारिसकेको छ ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको भन्ने खवर आएसँगै सेनाको टोलि त्यसतर्फ जाँदै गरेको कास्की प्रहरीले जनाएको छ ।फोटो ः गुगल