पिसजोनमा मल्टिमिडियाबाट पढाइ सञ्चालन

पोखरा १२ जेठ
पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ ।

प्रोजेक्टरको सहायताले कक्षागत र विषयगत रूपमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि क्रमशः पठनपाठन गराइने विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए । शैक्षिक वर्ष २०७५ बाटै कक्षा ८, ९ र १० मा मल्टिमिडिया प्रोजेक्टरद्वारा शिक्षण सिकाइ प्रारम्भ गरिएकामा यस शैक्षिकवर्षदेखि पर्याप्त शैक्षिक सामग्री तयार पारेर विषयगत रूपमा श्रव्यदृश्य सामग्रीको सहायताबाट पठनपाठनलाई अघि बढाइएको शर्माले जानकारी दिए ।

बदलिँदो परिवेश र सूचना प्रविधिको विकासलाई मध्यनजर राख्दै आधुनिक र प्रविधिमैत्री शिक्षालाई विशेष जोड दिन यस्तो कार्यको थालनी गरिएको विद्यालयकी कार्यवहाक प्राचार्य अश्मी शर्माले जानकारी दिइन् । सिकाइलाई दिगो र प्रभावकारी बनाउन विद्यालयले सूचना र प्रविधिमैत्री वातावरणमा पढाइ सञ्चालनलाई तिव्रता दिएको शर्माको भनाइ छ ।

प्रोजेक्टरबाट पाठ्यसामग्री बाहेक नैतिक, सन्देशमूलक र व्यवहारिक ज्ञान दिने वृत्तचित्र पनि समयसमयमा विद्यार्थीलाई देखाएर उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान पु¥याउने विद्यालयको योजना रहेको बताइएको छ ।