एक्स्पर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ जेठ २२ गते

पोखरा, ११ जेठ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रोजाईमा पर्न सफल एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ गर्ने भएको छ । यही जेठ २२ गते (जुन ५) पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा सेमिनार हुने एक्स्पर्ट पोखराका प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए ।

सेमिनार बिहान ११ बजेदेखि ४ बजेसम्म हुनेछ । ‘सेमिनारमा अष्ट्रेलियाका ११ वटा विश्वविद्यालय तथा कलेजको सहभागिता रहन्छ,’ उनले भने, ‘अष्टे«लियाका शिक्षा प्रदायक संस्थाहरुको उपस्थितिले सेमिनार विद्यार्थी र अभिभावकका लागि निकै प्रभावकारी हुनेछ ।’ सेमिनारमा १ हजार ५ सय जना विद्यार्थी तथा अभिभाबकको उपस्थिति रहने अपेक्षा गरिएको उनले बताए । ‘अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाउनेछन्,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपयोगी बन्नेछ ।’

सेमिनारमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरहरुले परामर्श प्रदान गर्ने थापाले जानकारी दिए । एक्स्पर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्माको विशेष उपस्थितिमा सेमिनार हुनेछ । सेमिनारमा पोखरा र आसपासका विद्यार्थीको सहभागीता रहने थापाले जानकारी दिए ।

भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ । पोखराको सिद्धार्थचोकमा रहेको एक्स्पर्टले समय समयमा सेमिनार आयोजना गर्दै आइरहेको छ ।