भारतमा जारी आईपीएल अनिश्चितकालका लागि स्थगित

IPL

बैशाख २१, एजेन्सी


भारतमा जारी आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन् । उनले तत्काल प्रतियोगिता स्थगित गएिको र अगाडि कसरी बढ्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने बताएका छन् ।
आईपीएलका अध्यक्ष ब्रिजेश पटेलले विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।
आईपीएलको जारी १४ औं संस्करणमा २९ खेल खेलिसकिएको थियो भने ३१ खेल खेल्न बाँकी रहेको छ । पछिल्लो दुई दिनमा तीन टिमका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना देखिएपछि बीसीसीआईले यो निर्णय लिएको हो ।