देशमा धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त छ : कमल थापा

kamal thapa

साउन ६, कास्की,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ । शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताउनुभयो ।

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो ।

कांग्रेस, कम्युनिष्टबिच बैचारिक, चरित्रगत, नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गर्नुभयो । आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस, कम्युनिष्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाले बताउनुयो ।

साथै महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिनुभयो ।