राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

Bidhya bhandari

जेठ १४, काठमाण्डौ,

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीबन्दीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । दिवसको अवसरमा राष्ट्रपतिले विभिन्न मुद्यामा जेलजिवन विताईरहेका कैदीबन्दीहरूलाई माफी दिने गरिएको छ ।