१४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कांग्रेस उपसभापति निधिको घोषणा

nidhi

साउन २२, धनुषा,

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज शु्क्रवार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, १४ औँ महाधिवेशन जहिले भए पनि सभापतिमा आफ्नो उम्मेदवारी हुने बताउनुभएको हो । उहाँले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको पनि बताउनुभयो ।

निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताउनुभयो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको उहाँको भनाइ थियो ।