कास्कीमा कडाईकासाथ निषेधाज्ञा जारि, देशभर ५६ जिल्लामा निषेधाज्ञा

nised

बैशाख २३, कास्की,

बैशाख १५ देखि निषेधाज्ञा जारि भएको कास्की जिल्लामा बैशाख २१ पछिको निषेधाज्ञामा कडाई गरिँदै गएको छ ।

बैशाख ३१ गते राति १२ सम्मकालागि लगाईएको निषेधाज्ञामा अत्यावश्यक वाहेक अन्य सवारिआवागमनमा रोक लगाईएको छ । स्वास्थ्यसंस्था, सरकारी कार्यालय र वित्तिय संस्थाहरु सन्चालनमा रहेका छन् । खाद्यान्न पसलहरुपनि विहान ५ वजेदेखि ९ बजेसम्म मात्र खोल्न दिईएको छ ।
निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्नकालागि पोखरा सहित मुख्य बजारका चोक चोकमा प्रहरी चेकिङ्गमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

देशका थप चार जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएको छ । यो सँगै अहिलेसम्म देशभरका ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक गरि ५६ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको छ ।