कोरोना कहर : विकराल अवस्था आउन सक्छ संयमित बनौँ

fight with corona

बैशाख २४, पोखरा,


देशभर कोरोना संक्रमणले विकराल अवस्था सिर्जना गर्दै गईरहेको छ । पछिल्लो समय परिक्षण गरिएका मध्ये ४० प्रतिशतलाई कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकी अधिकृत सपना सुवेदीले बताउनुभयो ।


उहाँले देशभर परिक्षणको ४० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण हुनु डरलाग्दो अवस्था भएकोले सजगता नअपनाए अझै भयावह स्थितिको सामना गर्न तयार रहनुपर्ने बताउनुभएको छ ।

प्रदेश राजधानि पोखरामा रहेका सरकारी अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन भने ९० प्रतिशत कोरोना संक्रमितहरु अहिले घरमा नै रहेका छन् ।


गण्डकीमा कारोना परीक्षण गर्दा झण्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । बिहीबार कुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार १२ सय बढीमा परीक्षण गर्दा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जानुमा मानिसको लापरवाहि नै प्रमुख कारण रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।


कोरोना रोकथामकालागि भन्दै सरकारले विभिन्न मापदण्ड बनाएर निषेधाज्ञा जारि गरेपनि त्यसलाई अटेर गरेर भौतिक दुरि कायम नगर्नु, माक्स लगाउन पनि नमान्नु, सेनिटाईजरको प्रयोगलाई बेवास्था गर्नु संक्रमण बढ्नुको प्रमुख कारकहरु रहेको जनस्वास्थ्य विदको भनाई छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह गर्दै अटेरि गर्नेलाई कारवाहि गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ । सरकारले मात्र रोगसँग लड्न नसक्ने हुनाले व्यक्ति आँफै संयमित हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।