एमसीसी सम्झौता अनुमोदन नगर्न भीम रावलद्धारा सरकारलाई खबरदारी

vim

साउन १३, काठमाण्डौ,

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको त्यस्तै पारित नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।

एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै पारित गरिए त्यो राष्ट्रघाती हुने पनि उहाँले जिकीर गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको पाँच दलीय गठबन्धनका नेताहरुको बैठकमा एमसीसी पारित गर्नेबारेमा छलफल भएको खबर सार्वजनिक भएलगत्तै नेता रावलले यस्तो खबरदारी गर्नुभएको हो ।

शुरुदेखि नै एमसीसी परियोजनाको विपक्षमा मत जाहेर गरिरहनुभएका रावलले बुधबार एक ट्वीट गर्दै नेपालको संविधान र कानुन विपरितका प्रबन्ध हटाउन माग पनि गर्नुभएको छ ।