कक्षा १२ को परीक्षा स्थगित हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

parixyaa bord

साउन १९, काठमाण्डौ,

कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ ।

गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उहाँको आग्रह छ ।