कोरोना महामारीका बिच भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा (के हो ब्ल्याक फंगस ?)

black fungas 2

जेठ ९, एजेन्सी,

कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस आँखामा हुने रोग तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ ।

महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत संकलन गर्नुका साथै उनीहरुको उपचारमा विशेष व्यवस्था गरिएको त्यहाँको सरकारले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितहरुमा देखा पर्न थालेको ब्ल्याक फंगस जसलाई बैज्ञानिक भाषामा म्यूकरमायकोसिस पनि भनिन्छ, यसै रोगका कारण गुजरात, महाराष्ट्र र हरियाण, आन्द्र प्रदेश राज्य बढी प्रभावित भएका छन् ।

गुजरातमा दुई दिनमा २ हजार २ सय बढीमा ब्ल्याक फंगस देखा परेको छ ।

यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले भारतको ब्ल्याक फंगस नियन्त्रणका लागि औषधी तयार पारेका पाँचवटा कम्पनीहरुलाई अनुमति दिएको छ ।

पछिल्लो समय ब्ल्याक फंगसका कारण भारतमा १ हजारभन्दा बढीकोे मृत्यु भइसकेको छ । ब्ल्याक फंगस कोरोना संक्रमित र संक्रमणमुक्त भएकाहरुमा देखा पर्न थालेको हो ।


म्यूकरमायकोसिस

के हो ब्ल्याक फंगस


ब्ल्याक फंगस (म्यूकरमायकोसिस) एउटा निकै दुर्लभ संक्रमण हो । यो म्यूकर फंगसका कारण हुन्छ जुन साधारणतया माटो, बोटबिरुवा, मल, कुहिएका फल र सागसब्जीमा पाइने गर्छ ।

डाक्टर भन्छन्, ‘यो फंगस जताततै हुन्छ । माटोमा र हावामा । यहाँसम्म की स्वस्थ व्यक्तिको नाक र खकारमा पनि यो फंगस पाइन्छ ।’

यो फंगसले साइनस, दिमाग र फोक्सोलाई प्रभावित गर्छ र मधुमेहका बिरामी वा असाध्यै कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिसहरु जस्तै क्यान्सर वा एचआइभी÷एड्सका बिरामीमा यो घातक पनि हुनसक्छ ।

म्यूकरमायकोसिसमा मृत्युदर ५० प्रतिशतसम्म हुन्छ । डाक्टरका अनुसार कोभिड–१९ का गम्भीर बिरामीलाई बचाउनका लागि स्टेरोइड्सको प्रयोगबाट यो संक्रमण सुरु भइरहेको छ ।

स्टेरोइड्सको प्रयोगले कोभिड–१९ मा फोक्सो सुन्निन कम गर्न सकिन्छ र जब शरीरको रोग प्रतिरोधी प्रणाली ९इम्यून सिस्टम० कोरोनाभाइरससँग लड्नका लागि अति सक्रिय हुन्छ तब त्यतिबेला शरीरलाई कुनै हानी हुनबाट रोक्न मद्दत गर्छ ।

तर यसले प्रतिरोधी क्षमता कम गर्छ र मधुमेह वा मधुमेह नभएका बिरामीमा सुगरको स्तर बढाउने गर्छ । यस्तोमा प्रतिरोधी क्षमता कमजोर हुने भएकोले म्यूकरमायकोसिस संक्रमण भइरहेको मानिएको छ ।

आँखाका सर्जन डाक्टर अक्षय नायरका अनुसार ‘मधुमेहले शरीरको रोग प्रतिरोधी तन्त्रलाई कमजोर गर्छ । कोरोना भाइरसले यसलाई तीब्र रुपमा काम गर्नका लागि बाध्य पारिदिन्छ र त्यतिबेला कोभिड–१९ को उपचारमा मद्दत गर्ने स्टेरोइड्सले आगोमा घ्यू थपिदिने काम गर्छ । ’


म्यूकरमायकोसिस

म्यूकरमायकोसिसका लक्षण र कसरी बच्ने ?

म्यूकरमायकोसिसमा – नाक बन्द हुनु, नाकबाट रगत वा कालो तरल पदार्थ निस्कनु, आँखा सुन्निनु र दुख्नु, परेला झर्नु, धमिलो देखिनु र आखिरमा अन्धो । बिरामीको नाक वरिपरि कालो धब्बा पनि हुनसक्छ ।

डाक्टरका अनुसार धेरैजसो बिरामी उनीहरु भएठाउँ धेरै ढिला आउँछन्, त्यतिबेला सम्म यो संक्रमण घातक भइसकेको छ र उनीहरुको आँखाको ज्योति गुमिसकेको हुन्छ । यस्तोमा डाक्टरलाई संक्रमणको दिमागसम्म पुग्नबाट रोक्नका लागि उनीहरुको आँखा निकाल्नुपर्ने हुन्छ । केही मामिलामा बिरामीको दुबै आँखाको ज्योति गुम्ने गर्छ । केही दुर्लभ मामिलामा डाक्टरले बिरामीको बंगारा पनि निकाल्नुपर्ने हुनसक्छ,

संक्रमणलाई थप फैलनबाट रोक्न सकिन्छ । यसको उपचारका लागि एन्टी फंगल इन्जेक्सनको आवश्यक हुन्छ जसको एक खुराकको मूल्य ३५०० भारु छ । यो इन्जेक्सन आठ हप्तासम्म हरेक दिन दिनुपर्छ । यो इन्जेक्सन नै यो रोगको एउटा मात्रै औषधी हो ।

मुम्बई आधारित डायबेटोलोजिस्ट डाक्टर राहुल बक्सी भन्नुहुन्छ, ‘म्यूकरमायकोसिस संक्रमणबाट बच्नका लागि कोभिड–१९ को उपचार गराइरहेका वा निको भइसकेका बिरामीलाई स्टेरोइड्सको सही खुराक सही अविधिका लागि दिनुपर्ने हुन्छ ।’


उहाँका अनुसार अघिल्लो वर्ष कोरोनाभाइरसका ८ सय मधुमेहद्वारा ग्रसित बिरामीको उपचार गराएका थिए र तीमध्ये कसैलाई पनि म्यूकरमायकोसिस भएको थिएन । बिरामी डिस्चार्ज भएपछि डाक्टरहरुले उनीहरुको सुगर लेभललाई ध्यानमा राख्नुपर्ने उहाँले बताउनुभयो ।