पोखराको खोप केन्द्रमा अनियमितता भयो : राष्ट्रिय संजाल नेपाल

cdo sanga

साउन २, कास्की,

पोखरामा कोरोनाविरुद्धको खोप केन्द्रमा अनियमितता भएको राष्ट्रिय संजाल नेपालले बताएको छ ।

पोखरा ६ स्थित तालबराही माध्यमिक विद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा अनियमितता भएको भन्दै सुचनाको हकका लागि राष्ट्रिय संजाल पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमललाई ध्यानाकर्षण गराएको हो ।

संजालले लक्षित वर्ग बाहेकलाई पनि खोप लगाइएको, ८० डोज खोपको दुरुपयोग गरिएको र ६०० डोज खोपको दर्ता किताबमा पुरा विवरण नपाईएको लगायतका तथ्यहरु समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

खोपको दुरुपयोगका कारण राज्यले सबै नेपालीलाई खोप सहज रुपमा उपलब्ध गराउन नसक्ने भन्दै यस्ता कमजोरीहरुलाई तत्काल रोक्न राष्ट्रिय संजाल नेपालले प्रशासन समक्ष आग्रह गरेको छ ।

सुचनाको हकका लागि राष्ट्रिय संजालको तर्फबाट अनिल थापा, सुरेश पहारी, कृष्ण बराल र शिब जिसीले अनुसन्धानको माग गर्नुभएको छ । संजालको मागलाई प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यक छानविन गर्ने आश्वासन दिनुभएको छ ।