बैशाख २४, काठमाण्डौ,
प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि बैठक बोलाउनुभएको हो ।
संवैधानिक निकायमध्ये हाल लोकसेवा आयोग पूर्ण खाली रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई तथा समावेशी आयोग र निर्वाचन आयोगमा रिक्त पदाधिकारीमा सिफारिश गर्न परिषद बैठक बोलाइएको अनुमान छ ।