गण्डकीका ३ सय ८० सहित देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी

update

असार १, पोखरा,

मंगलबार गण्डकी प्रदेशमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय १३ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १४६ जना सहित, तनहुँका ६५, गोरखाका ३५, लमजुङका १२, नवलपुरका ४२, स्याङ्गजाका ५३, पर्वतका ८ बागलुङका ११, म्याग्दीका ७ र मुस्ताङका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ८२१ पुगेको छ ।

त्यस्तै मंगलबार गण्डकीमा थप ४ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की र बागलुङका एकएक जना सहित गोरखाका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५४ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
गएको २४ घण्टामा देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ८१ जनामा र पाँच हजार आठ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा एक हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामै देशभरबाट चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले सङ्क्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा थप ४१ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ६ पुगेको मन्त्रालयले बताएको छ ।