विश्वकप छनोट र इराकविरुद्धको खेलका लागि २३ जनाको टिम घोषणा

nepali tim

जेठ ४, काठमाडौँ,


नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार विश्वकप छनोट र र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ जनाको टिम घोषणा गर्नुभएको छ ।
टिममा उहाँले पछिल्लो पल्ट थ्री नेसन्सकप खेलेको टिममा पनि ठूलो परिवर्तन गर्नुभएको छ । घोषित टिममा गोलरक्षकमा किरण लिम्बू, विशाल सुनार र दीप कार्की परेका छन् ।
यस्तै रक्षापंक्तिमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौत्तम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् ।
मध्यपंक्तिमा विशाल राई, मनिष डांगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी र आयुष घलान छन् । अग्रपंक्तिमा भने अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ आशिष लामा छन् ।
टिममा नपर्ने प्रमुख खेलाडीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङदम्बे, रवि पासवान, निशान खड्का, नितिन थापा र दर्शन गुरुङ छन् ।
नेपालले मे २५ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले विश्वकप छनोटमा अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन् ।